प्रदेश २ का मुख्यमन्त्रीको पक्षमा ७७, विपक्षमा २३ मत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनु भएको हो ।

प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । सत्तारुढ दल विभाजित भए पनि राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका थिए ।

Back to top button