नेपाली कांग्रेसको महाधिवेशन मिति सर्ने

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो ।

काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनु भयो ।

उहाँअनुसार महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी कुराकानी भएपनि निर्णय भने हुन बाँकी छ । काँग्रेसको हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन ।

Back to top button