बागमती सरकारले दशैको मुखमा बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । यातायात व्यवसायीले आफूखुसी भाडा बढाएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि चक्रपथमा गाडी तेर्स्याएर विरोध नै गरेका थिए ।

यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई नै भेटेर भाडा समायोजन गर्न दबाब दिएको थियो । आजसम्म प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा नबढेमा आन्दोलनको चेतावनी व्यवसायीहरुले दिएका थिए ।

Back to top button