स्मार्ट लाइसेन्सको नयाँ आवेदन दशैँपछि मात्रै खुला गरीने

काठमाडौं । सवारीचालक अनुमतिपत्र स्मार्ट लाइसेन्सको नयाँ आवेदन दशैँपछि खुला गरीने भएको छ ।

यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको पनि प्रदेश सकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी गरीएको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनु भयो ।

गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो। यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो। कोरोना माहामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो।

Back to top button