नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत फेला

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिनुभएको छ । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उहाँको शव भेटिएको हो ।

मृतकले घरको चार तलामाथिबाट हाम फालि आत्महत्या गर्नुभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो । एसएसपी सिंहका अनुशार नजिकै रहेको सीसी क्यामरामा चतुर्वेदी घरमाथि गएको र झरेको दुवै कैद भएको छ ।

चतुर्वेदी डिप्रेसनको विरामी रहेको अनुमान गरिएको छ । यद्यपी घटनाका बिषयमा थप अनुसन्धान भइरहेको सिंहले बताउनुभएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Back to top button