प्रदेश १ सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदै

विराटनगर । प्रदेश १ सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि आह्वान गरिएको हिउँदे अधिवेशनको बैठक दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । उहाँले अहिलेसम्म प्रदेशसभा बैठकमा कुन विषय लिएर छलफल हुने टुङ्गो नभएको बताउदै ‘कार्यव्यवस्था परामर्श समितिको बैठक पछि सदनको कार्यसूची तयार हुने जानकारी दिनुभयो ।

नेकपा विभाजन पछि मुख्यमन्त्री बन्नुभएका भिमप्रसाद आचार्य अल्पमतमा पर्नुभएको छ । नेपालको संविधान २०७२ को धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

तर, बुधबार प्रदेशसभाको भवन उद्धघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने संकेत दिनुभएको छ ।

Back to top button