लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार गरिदै

बुटवल । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिएको छ । कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ ।

थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ । माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो ।

दलहरुले दलभित्रै र गठवन्धनमा मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री हुनुहुन्छ ।

Back to top button