राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न राष्ट्रपति कार्यालय जानुभएको हो ।

देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ । हिजो बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

Back to top button