बुद्धभूमि हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

उक्त आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। ति मध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो।

Back to top button