नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह परिवर्तन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह परिवर्तन गर्ने भएको छ । यसअघि प्रस्ताव गरेको चुनाव चिन्ह किताबलाई परिवर्तन गर्दै कलम राख्ने एसको तयारी छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि जीवन राईले दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) लाई निर्वाचन आयोगले गत जेठ ३० गते कलम चुनाव चिन्ह प्रदान गरेको थियो ।

अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्ने तयारी गरिएको हो । त्यसकै लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने हिजो नै निर्णय गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुुशार प्रक्रिया पुर्‍याएर आज नै निर्वाचन आयोग जाने तयारी भइरहेको छ । निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने समेत तयारी गरिएको छ ।

आयोग जानुअघि दुवै पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने भएकाले त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छखतिवडाले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीले गत भदौ नौ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।

Back to top button