‘बुलाकी’ फिल्मको कात्तिकबाट छायाँकन सुरु हुदै

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित हुनु भएको छ । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गर्नु भएको उहाँसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहनु भएको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै फिल्मको बारेमा जानकारी दिनुभएको छ ।

जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट छायाँकन सुरु हुनेछ । फिल्ममा विराज विस्ट, अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने छ ।

लक्ष्मण सुनारको निर्देशन रहने फिल्मको अधिकांश छायाँकन डोल्पामा हुनेछ । फिल्मका निर्माता मोति विष्ट र गोपाल बिस्ट हुन् भने सह–निर्मातामा प्रकाश कँडेल सौगात रहनु भएको छ । शिव ढकालको छायाँकन, श्रीकृष्ण बल मल्लको संगीत र शिव परियार र प्रविशा अधिकारीको स्वर फिल्ममा रहनेछ ।

Back to top button