अस्मिता अधिकारी र अभिनय निरौलाको युगल स्वरमा रहेको गीत ‘हुन्न नभन’ सार्वजनिक

काठमाडौं । अस्मिता अधिकारी र अभिनय निरौलाको युगल स्वर रहेको गीत ‘हुन्न नभन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक निरौलाकै शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायको संगीत रहेको छ । सुवास जोशीले संगीत संयोजन रहेको गीत रोमान्टिक भर्सनमा तयार भएको छ ।

प्रेमकथा प्रस्तुत गरिएको उक्त भिडियोमा गायक निरौलासंगै रञ्जना तिमल्सिनाको पनि अभिनय रहेको छ।अस्ट्रेलियामा छायाँंकन गरिएको भिडियोमा ए धिल्लोनको छायाँकन, बि लिङ्देनको सम्पादन तथा निर्देशन रहेको छ ।

Back to top button