सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल विवाह बन्धनमा

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिनु भएको छ । गत २१ भदौमा इन्गेज्मेन्ट गर्नुभएको उकत जोडीले शुक्रबार बालुवाटारको एक होटलमा विवाह बन्धनमा बाधिनु भएको छ ।

एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गर्नुभएका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुग्नु भएको हो । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।

Back to top button