देउवा सरकारको वरियतामा एकिकृत समाजवादी छैटौं नम्बरमा

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउदै गर्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौं नम्बरमा परेको छ ।

संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दापनि पछि परेको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठको वरियता पाँचौ नम्बरमा रहँदा एकीकृत समाजवादीका विरोध खतिवडाको मन्त्रिपरिषदको वरियतामा छैटौं नम्बरमा रहनुभएको छ ।

Back to top button