वडा दशैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

विराटनगर । वडा दशैंको तेस्रो दिन हिन्दु धर्मालम्बीहरुले चन्द्रघण्टादेवीको पूजा गरी मनाइरहेका छन् । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्ध चन्द्र र हातमा चन्द्रमाको आकार भएको घण्ट धारण गरेकीले चन्द्रघण्टा रहन गएको धर्मग्रन्थमा भनिएको हो ।

पहेँलो वर्णको चन्द्रघण्टा देवीको आराधनाले दानवी शक्तिको नास हुने पौराणिक मान्यता छ । चन्द्रघण्टा देवीको पूजा आराधना गरी मणिपुर चक्र ध्यान गर्दा शक्ति प्राप्त हुने मान्यता रहेको हो ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने पुराण एवं ग्रन्थमा व्याख्या गरिएको पण्डित रामाचार्य श्वामीले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी हुन्छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।

Back to top button