चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गर्ने निर्णय गर्नु भएको हो ।

उत्कृष्ट कार्यसम्पादन गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । लोकसेवा आयोगको अधिकृतमा गोल्डमेडलिष्ट यादवको प्रमुख जिल्ला अधिकारीको रुपमा सुनसरी दोस्रो जिल्ला हो । अधिकृतबाट बढुवा भएपछि यादवलाई रौतहट जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी दिदा उत्कृष्ट कार्य सम्पादन गर्नुभएको थियो ।

झापाको प्रमुख जिल्ला अधिकारीमा कार्यरत कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

Back to top button