इपिएलको फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेलमा त्रिवि क्रिकेट मैदानमा आज अप्रान्ह १२ः१५ बजेबाट पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् ।

चितवनले पोखरालाई नै पराजित गरेर समूह चरणको शिर्ष स्थानमा उक्लिदै फाइनलसम्मको यात्रा तय गरेको छ । पोखराले इलिमिनेटरको विजेता भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै फाइन खेल पक्का गर्न सफल भएको हो ।

‘चितवनको कप्तानी सोमपाल कामी र पोखराको विनोद भण्डारीले कप्तानी सम्हालिरहनुभएको छ । दुबैले आजको खेल सम्यमित भएर खेल्ने प्रतिक्रिया दिनुभएको हो । दुबै जनालाई आ–आफूलाई सफल प्रमाणित गर्ने चुनौति छ । अब दुबै जनामध्ये विजेता र उपविजेता को बन्छ त्यो आजको खेलले सुनिश्चित गर्ने छ ।

प्रतियोगिताको विजेताले ५० लाख नगद ट्रफी र उपविजेताले १५ लाख रूपैयाँ र कप प्राप्त गर्ने छन् ।

Back to top button