नेकपा एमाले विराटनगर वडा ८ को शुभकामना आदान प्रदान सम्पन्न

विराटनगर । विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, ईद, ल्होसार उँधौली पर्वको अवसरमा नेकपा एमाले विराटनगर वडा न.८ कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेकपा एमाले केन्द्रीय कमिटी सदस्य पूर्व सामाजिक विकास मन्त्रीमा जीवन घिमिरेको प्रमुख आतिथ्य तामा सम्पन्न भएको हो ।

कार्यक्रममा  एमाले मोरङ अध्यक्ष ऋषिकेस पोखरेल, प्रदेश कमिटी सदस्य बाबुराम कार्की, विमला घिमिरे, रमेश पोखरेल.  महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला कमिटी सदस्य  रमेश मण्डल,  राजन भण्डारी,  जिल्ला कमिटी सल्लाहकार सदस्य मेघराज श्रेष्ठ,  इन्द्र निरौला, नगर कमिटी सदस्य उषा बराबर भण्डारी, नवराज नेपाल, बुद्धिजीवी नरेन्द्र बस्नेत, विज्ञान चापागाईँ को उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमवडा कमिटी अध्यक्ष  राम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Back to top button