मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका २ भेलेनीचोक स्थित भित्री सडकखण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका ६ का ३० वर्षीय निरज तामाङको मृत्यु भएको हो । खुदुनाबारीबाट शनिश्चरेतर्फ जाँदै गरेको मे४प २८१५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई कल्भर्टमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button