चितवन टाइगर्स इपीएल च्याम्पियन

पोखरा । त्रीवी क्रिकेट मैदानमा आज सम्पन्न चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)को चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको छ ।

टस हारेर विनोद भण्डारीको कप्तानीमा पहिले ब्याटिङको निम्तो पाएका पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार पारेको थियो । सोमपाल कामीको कप्तानीमा जवाफी ब्याटिङमा उत्रेका चितवनले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १२ रनको लक्ष्य पूरा गर्दै इपीएलको च्याम्पियन बन्न सफल भएको हो ।

भीम सार्कीको अर्धशतकीय इनिङसले चितवनलाई जित सहज बनाएको थियो । ४१ बल सामना गरेका भीमले ७ चौका र २ छक्काको मद्दतले ६३ रन बनाउनुभएको थियो । दिलिप नाथले १८, राजेश पुलामीले १४ र मो. शहजादले ११ रन बनाएर जित सुनिश्चित गरेको थियो ।

४ विकेटका लागि पोखराका किशोर महतोले ३ दशमलव ५ ओभर खर्चिनुभएको थियो । २ विकेटका लागि नन्दन यादवले ४ ओभरमा २६ रन खर्चिनुभएको थियो । पोखराका लागि ओनर ब्याट्सम्यान चिार्ज लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्नुभएको थियो । लेबीले १५ बल खेल्दै ५ चौकासहित २६ र विपिनले १५ बलमा १ चौका र १ छक्कासहित १७ रन जोड्नुभएको थियो ।

रित गौतम र सहान अराचिगे ७–७ बल खेलेर २–२ रन जोड्दै पभेलियन फर्किनुभएको थियो । असेल गुणारत्ने २४ बलमा ३४ रन, कप्तान विनोद भण्डारीले २६ बलमा २ चौकासहित २२ रन बनाउनुभएको थियो । माथिल्लो क्रममा ब्याट्सम्यानको ब्याटस् नचल्दा १ सय ११ रनमा पोखरा समेटिएका थिए ।

४ विकेटका लागि चितवनका लागि कमलसिंह ऐरीले ३ दशमलव ५ ओभरमा २० रन खर्चिनुभएको थियो । करिम जनत र सेकुगे प्रसन्नाले समान २–२ र कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिनुभएको थियो ।

इपिएलका विजेता चितवनले ५० हजार नगद पुरस्कारसहित ट्रफी उचाल्न सफल भएको छ भने पोखराले १५ लाख नगद र कप लिएर सन्तोष गरे ।

Back to top button