प्रदेश १ का एक –दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, औसतभन्दा केही पछिसम्म रहेको मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको छ ।

Back to top button