मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गर्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज विहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउनुभएको थियो।

प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यका अनुशार रिक्त भएको मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी छ। रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राख्ने उहाँले बताउनुभयो ।

विहान प्रधानमन्त्री देउवालाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताउनुभएको छ ।

Back to top button