गण्डकी साक्षर प्रदेश घोषित

पोखरा । गण्डकी प्रदेशलाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।

गण्डकी प्रदेशका ११ वटै जिल्ला साक्षर घोषणा गरि औसत साक्षरता ९६ दशमलव ५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।

१५ वर्षमुनिका ९७ दशमलव ३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आज साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबिच पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ समेत निर्माण गरिएको छ ।

Back to top button