रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

काठमाडौं । रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आज रुसको तातस्थान क्षेत्रमा भएको दुर्घटनामा सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन्।

विमानमा २३ जना सवार थिए। दुर्घटनामा ज्यान गुमाउने १६ जनामध्ये दुई जना पाइलटसमेत रहेका छन्। घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ। विमान पुरानो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

Back to top button