बागमती प्रदेश सभाको बैठक पनि कात्तिक ४ गतेसम्मको लागि स्थगित

विराटनगर । प्रदेश १ कै झल्को दिनेगरी वागमति प्रदेशको बैठक कातिक ५ गते बस्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको थियो । आज बसेको बैठकमा भने यो प्रस्ताव पेसनै भएन् ।

एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरूलाई झण्डा हल्लाएर टीका थाप्ने रहर भएको टिप्पणी गर्नुभएको छ ।

Back to top button