हास्य कलाकार गजुरेल विवाह बन्धनमा

 विराटनगर ।हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिनु भएको छ ।

पहिलो पत्नीसँग कानुनी रूपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गर्नु भएका उहाँले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गर्नु भएको हो ।

सामाजिक सञ्जाल फेसबुक बाट विवाह गरेको जानकारी गराउनु भएको छ । उहाँले सामाजिक संजला फेसबुकमा सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरूलाई यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्‍यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्‍यौँ । अनि, सपरिवार मानव सेवा आश्रम (कौशल टार)मा रहेका बुवामालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद लेख्नुभएको छ ।

Back to top button