जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु

कास्की । कास्कीको घान्द्रुक स्थित जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताउनुभयो ।

आज दिउँसो २ बजे पोखराबाट घान्द्रुक जान छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीहरुको भनाइरहेको छ । जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताउनुभयो ।

Back to top button