अब प्रधानमन्त्री देउवाले नै सम्हाल्ने उद्योगमन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्ने हुनुभएको छ ।

मन्त्री गजेन्द्र हमालले विवादका कारण दिएको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री देउवाले तत्कालका लागि यस मन्त्रालय आफैंसँग राख्नुभएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम हमालले राजीनामा दिनुभएकाले यस मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोक्नुभएको छ ।

Back to top button