सिटिजन्स बैंक लुटपाटमा संलग्न तिन जना भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा संलग्न तिन जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधकारीहरुले बताएका छन् । घटनामा ५ जनाको संलग्नता रहेकोमा ३ जनालाई पक्राउ गरिएको र पक्राउ परेकामध्ये १ जनालाई गोली लागेको प्रहरीले जनाएको छ । लुटेरा समूहले बैङ्कका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको छ ।

सुरक्षा गार्डको विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले लुटेरा समूहका १ जनालाई गोली लागेको जानकारी दिनुभयो ।

Back to top button