बस दुर्घटना हुँदा १६ जना घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालीका–१० राईबजार स्थित बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत दुर्घटना भएको हो ।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

बसमा ५०।६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

Back to top button