बोतलको बिर्कोमा भारतीय गायक मीका सिंह

काठमाडौं । भारतीय चर्चित गायक मीका सिंहको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको नेपाली गित सार्जजनिक भएको छ ।

दशैंको अवसर पारेर सार्वजनिक गरिएको यस गितमा गायक मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

आर्यन सिग्देल, पल शाह र दुर्गेश थापाको अभिनय रहेको यस गितको म्यूजिक भिडियोको निर्देशन विभोर पोखरेल र दिलिप समनले संयुक्त गर्नुभएको हो ।

युवा पुस्तालाई लक्षित गरि सार्वजनिक गरिएको यस गितको म्यूजिक भिडियोमा एलिसा शर्मा, श्रेया संग्रौला र कविता नेपालीलगायतका कलाकारहरुको नृत्य रहेको छ ।

सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन रहेको गीतको अडियो तथा भिडियोलाई स्रोता तथा दर्शकले मन पराउने गितका रचनाकार शेखर अस्तित्वले राख्नुभएको छ ।

Back to top button