नेपालको इतिहास रच्ने अवसर : साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले आफ्नो लिग चरणको अन्तिम खेल बेलुका पौने ५ बजे खेल्नेछ ।

लिगचरणको दुई खेलमा जीत र एक खेलमा पराजित भएको नेपालले आजको खेल बराबरीमै रोकिएपछि फाइनल पुग्नेछ । आजको खेल बराबरीमा रोकिए नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ ।

प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताउनुभएको छ ।

जारी साफमा नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रो खेलमा श्रीलंकामाथि ३–२ को जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।

बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेशले ३ खेलमा ४ अङ्क जोडेको छ र नेपालसँग ६ अङ्क छ ।

नेपाल र बंगलादेश २२ पटक आमनेसामने भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ ।

साफ च्याम्पियनसिपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् ।

Back to top button