आईपीएलको उपाधी चौथो पटक चेन्नाई सुपर किंग्सलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाईले उपाधी जितेको हो ।

यो सँगै चेन्नाईले आईपीएलको चार पटक उपाधी जित्न सफल भएको छ । आइपीएलको सवैभन्दा धेरैपटक उपाधी जितेको रेकर्ड भने मुम्बई ईण्डियन्स सँग छ । उसले पाँच पटक उपाधि जितेको छ ।

हिजोको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

Back to top button