इनारमा एक युवक मृत फेला

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ मा एक युवक इनारभित्र मृत फेला परेका छन् । गोलबजार– ८ का २० वर्षीय शत्रुधन महतो बिहान इनारभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न गएराति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो । झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवक इनारमा डुबेको विषयमा अनुसन्धान भइरहेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिनुभयो ।

Back to top button