माल्दिभ्सको राष्ट्रपति कार्यालयमा कार्यरत नेपाली कर्मचारीलाई साफ च्याम्पियन्स फुटबलको फाइनल खेल हेर्न छुट्टि

माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्धको फाइनल खेल हेर्न छुट्टी दिएको छ।

त्यहाँ कार्यरत सन्तोष मगरका अनुशार राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो । उँहाले आज १५ सयदेखि २ हजारको हाराहारीमा रंगशालामा नेपालको समर्थनमा जाने योजना रहेको भन्दै एक हजार जनाले हिजो नै टिकटको लागि पहल गरिरहेको बताउनुभयो । मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार बताइएको छ।

मालेमा घरमा काम गर्ने नेपालीको पनि बाक्लो उपस्थिति छ। उनीहरूलाई पनि खेल हेर्न घर मालिकले छुट्टी दिएको मगरको भनाई छ । आज प्रायः सबै कम्पनीले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएका छन्। नदिए पनि नेपालीहरू काम छोडेर खेल हेर्न बस्ने मगरले बताउनुभयो ।

सन्तोष मगरले हिजो शुक्रबार दसैंमा नेपाली खेलाडीलाई टिका तथा जमरा ग्रहण गराउन पशुपतिनाथबाट टिका तथा जमरा मगाउनुभएको थियो । ‘

मैले सवा दस बजेतिर टिमका म्यानेजर कृष्णभक्त मानन्धरलाई भेटेर जमरा र टिका दिएको थिए’, उहाँले भन्नुभयो । माल्दिभ्समा १२ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको र मालेभन्दा बाहिर अन्य टापुमा धेरै मात्रामा नेपालीहरू कार्यरत रहेको उहाँको भनाइ रहेको उल्लेख गर्दै नेपाल प्रेसले लेखेको छ ।

Back to top button