विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

विराटनगर । विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम रहनुभएको छ ।

यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

बन्द प्रशिक्षणबाट अन्तिम टिम छनोट हुनेछ। विश्वकप छनोट खेल नोभेम्बरमा युएइमा हुँदैछ।

Back to top button