देशभर वर्षाको सम्भावना

काठमाडौं । आज देशभर बर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा उडिसा राज्यको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

Back to top button