भारतको केरलामा वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित, ६ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा वर्षासँगै आएको बाढीका कारण जनजीवन जनजीवन प्रभावित बनेको छ । बाढीका कारण अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा बढी प्रभावित छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकललगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरिएको छ ।

Back to top button