सातौं आईसिसी टी–२० विश्वकपको क्वालिफायर राउण्ड आजदेखि शुरु हुँदै

काठमाडौं । सातौँ आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत क्वालिफायर राउण्ड आज देखि सुरु हुँदैछ ।

क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् ।

दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् । ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो । उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो ।

उता, पपुवा न्यू गिनीको टोली भने सेप्टेम्बरमा नै ओमान पुगेको थियो । उसले राम्रो तयारी गरेको छ । यता, स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा प्रवेश गर्ने टोलीका दाबेदार हन् । त्यही भएर दुई टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

बंगलादेश पछिल्लो समय टी–२० खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले घरेलु मैदानमा खेलिएका टी–२० शृङ्खलामा अस्ट्रेलिया र न्युजिल्याण्डलाई हराएको थियो ।

Back to top button