धनुषामा एक युवाको घाँटी रेटेर हत्या

जनकपुर । धनुषाको नगराइन जगरपालिका–५ स्थित गंगुलि– नवटोली सडकमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बिहान फेला परेको उक्त शव सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ का सञ्जीव पण्डितको रहेको प्रहरीले जनाएको छ ।

राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल पठाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Back to top button