कमेडी च्याम्पियन भरतमणीलाई दमकमा अभिनन्दन

दमक । रियालिटि सो कमेडी च्याम्पियनका बिजेता भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ ।

भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोबाट च्याम्पियनको उपाधि जित्न सफल ताप्लेजुङ पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताउनुभयो ।

अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकता तर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गर्नुभएको थियो ।

Back to top button