पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

यही कात्तिक १३ गते वडा र मंसिर ४ गते स्थानीय तहको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ। यस्तै‚ माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

Back to top button