नुवाकोटमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

काठमाडौं । नुवाकोटको किस्पाङ गाउपालिका–५ माने गाउँमा आज बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

काठमाडौंतर्फ आउँदै गरेको बा४ख ५७६२ नम्बरको बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Back to top button