साफको उपविजेता राष्ट्रिय टोलीको भव्य स्वागत

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।

आज बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो ।

मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।

Back to top button