सिन्धुपाल्चोकमा एकै दिन दुईवटा भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म क्षतिको विवरण आएको छैन । यसअघि हिजो बिहान पनि गोरखा केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Back to top button