एएफसी यू–२३ एसियन कप छनोटका खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।

नेपाली यू–२३ टोली बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।

त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ । छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।

को को छन् टिममा ?

गोलकिपर    : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल
डिफेन्डर      : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु
मिडफिल्डर  : नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन                      पहाडी, एरिक विष्ट
फरवार्ड       : ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ

Back to top button