नेकपा एमालेको संशोधित विधान सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेले संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधन सहित केही परिमार्जन गरेर प्रकाशन गरिएको हो ।

विधानलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेल सहितको टिमले अन्तिम रुप दिएको हो ।

एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ ।

यसैगरी राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन् ।

विधानमा नौ अध्याय र १० अनुसूची छन् । यो विधानको पहिलो कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।

http://koshisandesh.com/wp-content/uploads/2021/10/CPN-UML-Bidhan-2078-.pdf

Back to top button