पहिरोले पुरिएर धरानमा दुई बालबालिकाको मृत्यु

सुनसरी । अबिरल बर्षाको कारण आज दिदउँसो २ बजे धरानमा पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ नागेश्वर मार्गका निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानकाो मृत्यु भएको हो ।

निसानको टिनको छानो भएको घरमाथीबाट खसेको पहिरोले घर पुरिदा घर भित्र रहेका दुबै जना बालबालिका पुरिएका थिए । तत्काल ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दिउँसो ३ः३० बजे दुबै जना बालबालिकालाई मृत अबस्थामा निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Back to top button