मोरङमा ४० प्रतिशत धानबालीमा क्षति

विराटनगर । केही दिनदेखि चलेको हावाहुरी र वर्षाले मोरङस्थित ४० प्रतिशत धानबालीमा क्षति पुगेको छ । पाकेको र फूल लागेको धानबाली हावाहुरीले लडाउँदा र अबिरल वर्षाले लडेको धान डुबान हुँदा क्षति पुगेको हो ।

काटेर खेतमा राखेको धान पानीमा डुब्दा अत्यधिक क्षति पुगेको किसानहरुको गुनासो छ । मोरङस्थित ८३ हजार ३ सय धान खेती योग्य जग्गामध्ये यस वर्ष उनान्सय प्रतिशत अर्थात् ८२ हजार ४ सय ६७ हेक्टरमा किसानले धानबाली लगाउनुभएको थियो ।

जसमध्ये ४० प्रतिशत अर्थात् ३२ हजार ९ सय ८७ हेक्टरमा हावाहुरी र अबिरल वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र इकाई मोरङका प्रमुख रामदेव सिंहले बताउनु भयो ।

किसानले सरकारसँग क्षतिपुर्तिको माग गरेको छ ।

 

Back to top button