एक अंकमा ब्याजदर कायम गर्न माग

विराटनगर । बैंक तथा वित्तिय संस्थाहरुले कार्तिक महिनाबाट लागू हुने गरि ब्याज दर वृद्धि गरेको प्रति उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेल र संघका अध्यक्ष प्रकाश मुन्दडाले विज्ञप्ती जारी गरी ब्याज दर एक अंकमा कायम गर्न माग गर्नुभएको हो ।

कोरोना महामारीले थला परेको उद्योग व्यवसाय क्षेत्र तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरि बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको ब्याज दर प्रति संगठन र संघले विज्ञप्तीमार्फत आपत्ति जनाएको छ ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिले बैक तथा बित्तीय संस्थाको तरल पूँजिलाई निस्कृय पारेर डिपोजिटको ९०% मात्र लगानि गर्न पाउने गरि सिडी रेशियो कायम हुने व्यवस्थाले बजारमा तरलता अभाव हुँदा ब्याज दर वृद्धि भएको संघ र संगठनको ठहर छ ।

Back to top button